logo

काठमाडौँ महानगरपालिको ताकेताले बक्यौता कर उठ्दै , अटेरगरि नतिर्ने करदाको सेवा बन्द गरिने

    1161   पटक पढिएको

२८ मंसिर /अर्थ र व्यापार – महानगरपालिकाले धेरै पटक ताकेता गरेपछि अहिले धमाधम बक्यौता कर उठ्न थालेको छ । कडा चेतावनी सहित गरिएको ताकेतापछि अहिले ६ करोड ८ लाख रुपैयाँ भन्दा बढी पुरानो बक्यौता रकम असुल गरेको महानगरपालिकाले जनाएको छ । 
महानगरपालिकाको अनुसार विगत २८ वर्षदेखि घरग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताले रकम बुझाउन आलटाल गरेकाले यसपाली गत साउनमा कर नबुझाउने करदाताको नाम सर्वजनिक गरिएको थियो ।
दुई चरणमा गरी ५२ ठूला करदातको नाम सार्वजनिक गरिएकामा हालसम्म ११ करदाताले बक्यौता रकम चुक्ता गरेका छन् । यसरी रकम चुक्ता गर्नेमा जिग्मीसिग्मी पर्वल विष्ट, राजेन्द्रकुमार कावरा, शहीद मेमोरियल हस्पिटल, होटल मस्र्याङ्दी, बुद्ध महल, केशा प्रोपर्टिज प्रालि, सुरज आर्केट, बैशाली होटल प्रालि, शुभश्री कोअपरेटिभ प्रालि, कान्तिपुर होटल, गोपिकृष्ण कम्प्लेक्स प्रालि रहेका छन् ।
यसैगरि, शुभकामना हाउजिङ डेभलर्पस प्रालि, एनआरटी क्लब, युनाइटेड वल्डट्रेड सेन्टर, काठमाडौँ इन्जिनीयरिङ कलेज, नेशनल अस्पताल, एलआरआई स्कुल, जनमैत्री अस्पताल, प्रवीणबहादुर केसी, स्टारमहल,केजे प्रोपर्टिज प्रालिले भने अहिलेसम्म आंशिक रुपमा मात्र बक्यौता रकम बुझाएका छन् । अन्य धेरैले आफ्नो व्यवसाय वा कार्यालयको विवरण मात्र बुझाएका छन । 
कामपा राजस्व विभाग प्रमुख डा शिवकुमार अधिकारीका अनुसार धेरैले अझैपनि कर बुझाउन विभिन्न बहाना बनाएर अटेर गरिरहेकाले आगामी पुसदेखि बाँकी सबैलाई पुनः कडाई गरिने बताए । पटक पटकको सूचनालाई अटेर गर्ने र प्रक्रियामा समेत नआउनेलाई अब उपलब्ध हुने सबै सेवा बन्द गरिने पनि उनले जानकारी दिए । अहिले सम्पर्कमा आउनेमध्ये केहिले पहिलो किस्ता स्वरूप केही रकम बुझाएका छन् भने केहीले विवरण पेस मात्र गरेका छन् । केहीले विवरण पेस गर्ने समय माग गरेका छन् ।
कतिपयलाई समय तोएर बोलाइए पनि अझै सम्पर्क गरेका छैनन्  । अझै पनि धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानुनी रूपमा करको दायरामा आउनुपर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन मान्दैनन् भन्दै प्रमुख डा अधिकारीले अब कडाई गरिने बताए । 
समयमै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवाना स्वरूप रकम वृद्धि हुँदै जान्छ तर विगतको दुई वर्षमा भने कोरोनाका कारण करदातामा समस्या परेकाले जरिवानामा छुट दिए पनि करदाता सम्पर्कमा नआएपछि कामपाले ताकेता गर्न थालेको हो । धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरण समेत बुझाएका छैनन् तर, लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट ७० करोड असूल गर्ने तयारीस्वरूप अहिले अभियान नै चलाईएको छ । 
उनले सम्पर्कमा नआउनेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असूल गर्ने प्रक्रिया अघि बढाइने बताए ।  कामपाले यसवर्ष १० अर्ब २३ करोड रकम असूल गर्ने लक्ष्य लिएको छ । गत १ असोजदेखि अनलाईन प्राणलीमार्फत् राजस्व संकलन गरिरहेकोमा हाल अनलाईनमा १६० करदाता जोडिएका जनाइएको छ । अनलाइनमार्फत हालसम्ममा १०० जनाले कर बुझाएका छन् । 
यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ तर कातिपय यस विषयमा जानकार नहुँदा अझै पनि धेरैले कार्यालयमा नै आएर कर तीर्ने गरेका छन  । कर आफ्नै खाताबाट सिधैँ तिर्नका लागि सेवाग्राहीले वडा कार्यालयको राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण भरेर करदाता संकेत नम्बर लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष नै सोही प्रविधि प्रयोग गरी कर तिरेको भए रसिदबाट समेत करदाता संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सकिने महानगरपालिकाले जानकारि गराएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।