logo

बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर, विश्वका प्रमुख २० अर्थतन्त्रका नेताबीच सहमति

    774   पटक पढिएको

१४ कात्तिक / अर्थ र व्यापार – बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर लगाइने सहमति भएको छ । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूबीच ठूला व्यवसाय अर्थात बहुर्राष्ट्रिय कम्पनीहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने सहमति भएको हो ।
बहुर्राष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने विषय बाहिर आइरहेको बेला २० देशका नेताहरुले सो सम्झौता अनुमोदन गरेको बीबीसीले उल्लेख गरेको छ । 
अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रूपमा आइतवार स्वीकृत गरिने र सन् २०२३ बाट लागू हुने बताइएको छ । अमेरिकी अर्थमन्त्री जानेट यालेनले ऐतिहासिक सम्झौता विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षण रहेको र यसले  कर्पोरेट करको तल्लो तहसम्मको हानिकारक दौड अन्त्य गर्नेुु बताएकी छन् । 
उनले ट्विटरमा लेख्दै भनेकी छन्, ‘अमेरिकाका ठूला कम्पनीहरूले बढी कर तिर्नुपर्ने भए पनि अमेरिकी व्यवसाय र श्रमिकहरूलाई कर सम्बन्धी सम्झौताबाट लाभ हुन्छ ।’ इटलीको रोममा जारि विश्वको प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरूले सो सम्झौतामा सहमति जनाएका हुन् । 
तर, १९ वटा राष्ट्र र युरोपेली संघ सदस्य रहेको जी–ट्वेन्टी समूहको सम्मेलनमा दुई जना नेता भने सहभागी भएका छैनन् । चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सो सम्मेलनमा भिडियो लिंक मार्फत सहभागिता जनाएका हुन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।