logo

अर्थमन्त्री समक्ष एमाले सांसदको प्रश्न : कालोधनलाई सेतो पार्ने कहाँको क्रान्तिकारी हो ?

    1053   पटक पढिएको

११ असोज / अर्थ र व्यापार – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै विरोध गरेका छन् ।
सोमबार राष्ट्रिय सभामा समय लिएर बोल्दै गुरुङले प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, सेवा प्रदायकले पछिल्लो तीन वर्षको आयकर फागुनभित्र बुझाउँदा तीन वर्ष अघिको कर मिनाहा हुने प्रावधान रहेको र त्यो आपत्तिजनक रहेको बताए ।
उनले भने,‘अर्थमन्त्री बडा क्रान्त्रिकारी नेता हुनुहुन्छ । उहाँलाई सोध्न चाहन्छु–यो कालो धनलाई दिनदहाडै सेतोपार्ने कुरा कहाँको क्रान्तिकारी हो ? कुन श्रमजिवी जनताको हितको लागि यो सहुलियत दिइँदैछ ? कुन राष्ट्रिय उद्योगपतिको लागि यो सहुलियत दिइँदैछ ?’
अध्यादेशको प्रतिस्थापन विधेयकका प्रावधानमाथि प्रश्न उठाए पनि एमाले सांसदहरुले बजेटसँग सम्बन्धित विधेयकहरुमाथिको कुनै पनि छलफलमा भने भाग लिएनन् ।
आर्थिक विधेयकमाथि दफाबार छलफल गरियोस् भन्ने प्रताव पेश गर्दा अर्थमन्त्री जनार्दन शर्माले एमाले सांसद गुरुङको प्रश्नको जवाफ दिए । कलाकार, चिकित्सक, कानुन व्यावसायी लगायतलाई कसको कर छुट हुने स्पष्ट तोकिएको र ती सबैलाई करको दायरामा ल्याउने कुरा गरिएको उनले बताए । 
‘करको विस्तार गर्ने योजना अन्तर्गत यो राखिएको स्पष्ट गराउन चाहन्छु’ अर्थमन्त्री शर्माले भने, ‘यसको अर्थ भ्रष्टाचार सम्बन्धी ऐनले काम नगर्ने होइन, ती ऐनले काम गरिरहन्छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।