logo

लगातारको संसद् अवरोधले इतिहासमै पहिलोपटक ‘बजेट होलिडे ’

आजबाट आफ्नै ढुकुटीमा भएको रकम खर्च गर्न नसक्ने अवस्थामा पुग्यो सरकार 

    1017   पटक पढिएको

३० भाद्र /अर्थ र व्यापार– मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुको अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएपनि संसोधित बजेट पास गर्ने काम भने अल्झिएको छ । जसका कारण आजदेखि चालु आर्थिक वर्षकालागि विनियोजित बजेट निस्किृय भएको छ । प्रतिपक्षी दल एमालेको अवरोधका कारण मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’ भएको छ । 
यसअघिसम्म नेपालमा यस्तो बजेट होलिडे कहिल्यै भएको थिएन । नेपालमा औपचारिक रुपमा वार्षिक बजेट विनियोजन हुन थालेको ७० वर्षको अवधीमा अहिले पहिलोपटक यस्तो बजेट होलिडेको अवस्था आईलागेर आफ्नै ढुकुटीमा भएको रकम समेत खर्च गर्न नसक्ने अवस्थामा सरकार पुगेको हो । यस्तो बजेट होलिडेका कारण बुधबारदेखि नै मुलुकको सरकारी खर्च रोकिएको छ । योे अवस्थामा सरकारले राजश्व मात्र उठाउन सक्छ तर, खर्च गर्न भने पाउने छैन । 
सरकारलाई एकदमै समस्या परि खर्च गर्नुपर्ने अवस्था आएमा सरकारी कार्यालयहरुले सापटी र धरौटी मार्फत आकमिक खर्च गर्न सक्छन् । तर,अहिलेको बेला जस्तो नियमित खर्च गर्न पाइँनै छैन । संवैधानिक नियम अनुसार आइलागेको यस्तो संकटको अवस्थामा तत्काल खर्च गर्न नपाउने व्यवस्थाकै कारण अब सरकारलाई कोभिड–१९ महामारी उपचारमा भइरहेका प्रयासमा केही दिन खर्च गर्ने काममा बाधा पर्न सक्ने छ । 
प्रतिनिधिसभा विघटन भएको अवस्थामा गत १५ जेठमा संवैधानिक व्यवस्थाअनुसार तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश विद्येयक मार्फत चालु आर्थिक वर्षकालागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएका थिए । त्यसपछि गत २८ असारमा सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पुनः वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत २५ भदौमा १६ खर्ब ३२ अर्बको संसोधित नयाँ बजेट ल्याएका थिए । त्यसअघि गत ३ साउनमा अध्यादेश बजेट प्रतिनिधिसभामा टेवल भएको थियो । सोही मिति अनुसार बुधबारसम्मकालागि मात्र सरकारले नियमित खर्च गर्न पाउँछ । 
अवरोधबीच मंगलबारको बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयकलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधियोजन विधेयक–२०७८ लाई निणायार्थ पेस गरेका थिए ।  सभामुख  सापकोटाले निर्णयार्थ पेस गरेको विधेयक प्रतिपक्षी दल एमालेको नाराबाकाजीबीच बहुमतले स्वीकृत भएको छ । सभामुख सापकोटाले अर्को बैठक आगामी ४ असोजकालागि बोलाएका छन् ।
सभामुख सापकोटाले विनियोजन विधेयक २०७८लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकको बहुमतले स्वीकृत गरेको घोषणा गरेका थिए । सो बैठकमा सभामुख सापकोटाले एमाले सांसदहरुको नाराबाजीकाबीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि  प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । अर्थमन्त्रीले विधेयक प्रस्तुत गरेपछि सो बारेमा सैद्धान्तिक छलफलका लागि नाम टिपाउन आग्रह गरेका थिए । तर एमाले सांसदहरुले वैठक चल्ल दिएनन । सभामुखले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको भएपनि संसोधित बजेट भने बहुमतले पास गराउन सकेनन ।  
एमालेको तिब्र अवरोधका कारण सभामुखले आगामी ४ असोजमा अर्को बैठक बस्ने गरि मंगलबारको बैठक स्थगित गरेका हुन ।  संसोधित बजेट पारित नहुँदै मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रतिस्थापन विधेयक मार्फत ल्याईएको नयाँ बजेट बहुमतले पास गर्नुपर्ने काम त्यसै अल्झिएको छ । जसका कारण आगामी ५/७ दिन सरकारी खर्च रोकिन सक्ने अर्थमन्त्री शर्माले बताएका छन । 
मंगलबारको प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च रोकिने भएको हो । जसका कारण अब सरकारले राजश्व मात्र उठाउन सक्छ तर, खर्च गर्न भने पाउने छैन । 
सरकारले यसअघि ल्याएको चालु आर्थिक वर्षको बजेट अध्यादेश संसद् चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयक मार्फत पारित गर्नूपर्ने प्रावधान छ । ६० दिनको समय बुधबार सकिँदैछ । प्रतिनिधिसभामा एमालेको पटक पटकको अवरोधपछि मंगलबार विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित गरेर आगामी बैठक ४ असोज सम्मका लागि स्थगित गरिएको हो ।
सो बैठकपछि अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५/७ दिन सरकारी खर्च रोकिन सक्ने बताए । बजेट प्रतिस्थापन विधेयक मंगलबार रातिसम्म पारित हुँदा खर्च गर्न उत्पन्न हुने समस्याकाबारेमा अर्थमन्त्री शर्माले सरकारी खर्च ५/७ दिन रोकिँदा खासै फरक नपर्ने बताए ।  ‘अब आगामी बैठकमा सहमति भए अनुसार नै यो बजेट पारित गर्छौं । सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं । पारित गर्नका लागि केही समय ग्याप रह्यो भने केही समय खर्च गर्न नसक्ने पनि हुन सक्छ । अझै सांसदहरुबीचको वार्ता र संवादबाट कोसिस चलिरहेको छ’ अर्थमन्त्री शर्माले भने 
यसैगरि, उनले यस्तो अवस्थामा पनि सरकारले राजश्व उठाउने विशेष व्यवस्था भएकाले त्यसैअनुसार कर उठ्ने प्रतिक्रिया दिए ।  उनले अझै कुरो नमिलेको खण्डमा केही समयका लागि ५/७ दिन खर्च रोकिन पनि सक्ने र रोकिँदा पनि त्यसले खासै असर नपर्ने बताए । अहिले अर्थमन्त्री शर्माले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचारधीन रहेको छ । 
अर्थमन्त्री शर्माले बजेटको प्रतिस्थापन विधेयक बहुमतले पारित नभएका कारण आगामी केही दिन सरकारी खर्च रोकिन सक्ने अवस्था आएपनि यसले खासै असर नपार्ने दावी गरे । सरकारी खर्च ५÷७ दिन रोकिँदा खासै फरक नपर्ने भन्दै उनले यस्तो अवस्थामा सरकारले पेस्की खर्च नगर्ने स्पष्ट पारे ।
अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था रहेको र त्यसैअनुसार राजश्व उठ्ने जिकिर गरे । विधेयक पारित भएपछि नियमित प्रक्रिया अघि बढ्ने उनले बताए । 
सो विषयमा अर्थ मन्त्रालयले पनि प्रतिनिधिसभाबाट अध्यादेश बजेट माथिको प्रतिस्थापन विधेयक पास नभए पनि सरकारलाई नियमित राजस्व उठाउनलाई कुनै समस्या नभएको स्पष्ट पारेको छ । यसअघि सरकारले सामयिक कर असुली ऐन २०१२ अनुसार सूचना प्रकाशित गरिसकेकाले कर उठाउन कुनै अवरोध नहुने भएको अर्थ मन्त्रालयको दावी छ ।  
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अध्यादेशमाथिको प्रतिस्थापन विधेयक पास नहुँदा अध्यादेश अनुसारको राजस्व उठाउन पाउने तर, प्रतिस्थापन विधेयक अनुसारको परिवर्तित राजस्व उठाउन नपाउने भन्नेमा अन्योल थियो । तर, सरकारले सामयिक ऐन अनुसार सूचना जारी गरेकाले अब कुनै असर नपर्ने बताए । उनले खर्चमा भने केही समस्या हुन सक्ने बताए ।  
केही दिन खर्च नभए पनि ठूलो समस्या नहुने जिकिर गर्दै मरासिनीले भने, ‘ सरकारी कोषबाट जाने तलबभत्ता लगायतका सुविधा भदौ महिनाको गइसकेको छ । असोजका लागि पठाउने समय अझै बाँकी छ । ’ एमालेको अवरोधका कारण मुलुकको इतिहासमै पहिलोपटक बजेट होलिडे भएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।