logo

बजेट वितरणमुखी होइन, राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री 

    1007   पटक पढिएको

२७ भाद्र / अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयक मार्फत ल्याएको नयाँ संसोधित बजेट वितरणमुखी नभएको दावी गरेका छन् । आइतबार नयाँ बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन । उनले यो बजेट वितरणमुखी नभएको तर, राज्यको दायित्व पूरा गर्न खोजेको बताए । 
आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व रहेको दावी गर्दै उनले आन्दोलनका घाइते याद्धाहरुलाई सरकारले सहयोग गर्न खोजेको बताए । 
यसैगरि, अर्थमन्त्री शर्माले सरकारले पहिलो पटक ५ लाख गरिब परिवारलाई १० हजार रुपैयाँ दिने कार्यक्रम मार्फत सम्झिएको पनि दावी गरे । उनले यो रकम कोरोना प्रभावित अति गरिब परिवारलाई दशैं तिहार जस्ता चाडपर्वको मुखमा बाँड्ने सरकारको योजना रहेको बताए । कस्ता परिवारले यस्तो रकम पाउने भन्ने विषयमा पनि मापदण्डको तयारी भएको उनले जानकारी दिए ।
मन्त्री शर्माले अब हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने दावी गरेका छन् । पुँजीगत खर्चको अनुगमन गर्न संयन्त्र बनाउने पनि उनले बताए । ‘कुन आयोजनाको प्रगति कहाँ पुग्यो, समस्या भए के छ, निर्माण कम्पनी पुगे नपुगेकोसहितका कार्यहरुको अनुगमन गर्ने गरी संयन्त्र बनाउने मन्त्री शर्माको भनाइ छ । सरकारले बजेटको कुल आकार घटाए पनि पुँजीगत खर्च बढाएको भन्दै उनले खर्च प्रभावकारी बनाउन अनुगमनलाई प्राथमिकता दिने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।