logo

काठमाडाँैमा डेढ लाख रोपनी जग्गाको कित्ताकाटमा रोक

    2018   पटक पढिएको

२२ जेठ / अर्थ र  व्यापार-काठमाडौं उपत्यकाको चार स्थानमा निर्माण गर्न लागेको स्याटलाइट सिटी क्षेत्रमा भौतिक संरचना निर्माण र जग्गा कित्ताकाट गर्न सरकारले  रोक लगाएको छ । स्याटलाइट सिटीले चर्चिने जुनसुकै प्रकारको अचल सम्पत्ति काठमाडौं उपत्यका विकास प्राधिकरणको पूर्वस्वीकृतिविना भौतिक परिवर्तन गर्न वा टुक्र्याउन नपाउने गरी तीन वर्षका लागि रोक लगाइएको हो ।

राजधानीका चार दिशामा निर्माण गरिने स्याटलाइट सिटीले १ लाख ३० हजार रोपनी क्षेत्रफल चर्चेको छ । काठमाडौं उपत्यकाको व्यवस्थित सहरीकरणका लागि भन्दै उत्तर–पूर्व क्षेत्रमा १ लाख रोपनी जग्गामा स्याटलाइट सिटी बनाउने योजना बनाइएको छ । काठमाडौं पूर्व–दक्षिण क्षेत्र, काठमाडौं दक्षिण–पश्चिम क्षेत्र र काठमाडौं उत्तर क्षेत्रमा रहने तीन सहरको क्षेत्रफल भने बराबर १० हजार रोपनी रहनेछन् । २९ वैशाख ०७४ देखि भौतिक परिवर्तन र टुक्र्याउन नपाउने गरी लगाइएको रोक २८ वैशाख ०७७ सम्म कायम रहनेछ । 

यसअघि २४ वैशाख ०७४ मा सहरी विकास मन्त्रालयअन्तर्गत रहेको काठमाडौं उपत्यकाको भौतिक विकास समितिको आठौँ बैठकले उपत्यकाभित्रका चार दिशामा चार नयाँ सहर (नगर) निर्माण गर्ने निर्णय गरेको थियो । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।