logo

विराटनगर महानगरपालिकाको बजेट डेढ अर्ब रुपैयाँ

    1229   पटक पढिएको

२० भदौ / अर्थ र व्यापार – विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक रु एक अर्ब ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । यही भदौ २३ गते  विराटनगरमा हुन गइरहेको नगर परिषद् बैठकले यति ठूलो आकारको बजेट सार्वजनिक गर्न लागेको हो । सो बजेट अहिलेसम्मको ठूलो हुनेछ । बजेटको प्राथमिकता पूर्वाधार विकासमा छ ।  

खाल्टाखुल्टी सडक निर्माणका लागि वडाबाट योजनाको छनोट भएर आएको छ । बजेटमा एशियाली विकास बैंकबाट सञ्चालित विराटनगरको बृहत्तर ढल, नाला निर्माणको बजेट यस वर्षको बजेटमा समावेश गरिने छैन । महानगरपालिकाबाटै सञ्चालन हुने उक्त आयोजनाको बजेट विगतको परिषद्मा समावेश हुन्थ्यो ।

महानगरपालिकाले यस वर्षको अनुमानित बजेटमध्ये करिब रु एक अर्ब विकास बजेटमा छुट्याउनेछ । ‘धुवाँधुलोमुक्त शहरको परिकल्पना’ भन्ने नारासहित महानगरपालिकाले सडक पूर्वाधारमा विशेष जोड दिने नीति बनाएको छ । विषयगत कार्यालयहरु पशु, कृषि, स्वास्थ्य र शिक्षाका कर्मचारीको  प्रशासनिक खर्चमाघत्र यो बजेटमा समावेश हुनेछ । विषयगत र महानगरपालिकाका कर्मचारीका लागि रु ५० करोड तलवमा खर्च हुने र बाँकी रकमले नगरको विकास गरिने छ ।

11महानगरपालिका घोषणा हुनुअगावै सरकारले रु ८१ करोड बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिका हुँदै दिएको रकम महानगरपालिका घोषणा भएपनि थप गरिएन । यस्तै महानगरपालिकाको वार्षिक अनुमानित आम्दानी रु २७ करोड, सडक बोर्ड, पूर्वाधार विकास, समपूरक कोषबाट प्राप्त हुने रकम, नेपाल सरकारले दिने विशेष अनुदानलगायतबाट महानगरपालिकाले अनुमान गरेको बजेट रु एक अर्ब ६१ करोड हुने छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।