logo

बुटवल उप–महानगरपालिकालाई एक अर्ब ६३ करोडको बजेट  

    1198   पटक पढिएको

१३ भदौ / अर्थ र व्यापार – बुटवल उप–महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि एक अर्ब ६३ करोडको बजेट तय गरेको छ । नगरसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रुपैयाँको बजेट पारित गरेको हो । 

बुटवलमा जारी नगरसभा बैठकमा नगर प्रमुख शिवराज सुवेदीले बजेट प्रस्तुत गरेका थिए । बजेटमा आन्तरिक स्रोत तर्फबाट २३ करोड ७२ लाख ६३ हजार ९ सय ६५ अर्थात् १४ दशमलव ५२ प्रतिशत र बाह्य स्रोतबाट एक अर्ब ३९ करोड ६३ लाख १४ हजार ८ सय ४० रुपैंयाँ अर्थात् ८५ दशमलव ४८ प्रतिशत प्राप्त हुने उल्लेख छ । 

बजेटमा चालु खर्चतर्फ २९ करोड ६१ लाख ५६ हजार रुपैंया छुट्याइएको छ । यो कुल बजेटको १८ दशमलव १३ प्रतिशत हो । यस्तै पूर्वाधर तथा सामाजिक विकासका लागि कुल एक अर्ब ३३ करोड ७४ लाख २२ हजार ८ सय ५ रुपैंया विनियोजन गरिएको छ । यो कुल बजेटको ८१ दशमलव ८७ प्रतिशत हो ।

चालु खर्च तर्फको बजेट मध्येबाट कर्मचारी तलब भत्ता तथा कार्यालय संचालनका लागि १५ करोड ६६ लाख ५६ हजार रुपैंयाँ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्तामा १३ करोड ३५ लाख छुट्याइएको छ भने क्षमता विकास कार्यक्रमका लागि ६० लाख विनियोजन गरिएको छ ।

बजेटमा पूर्वाधार विकास तथा सामाजिक विकास कार्यक्रमका लागि विनियोजन गरिएको कुल बजेट मध्ये क्रमागत केन्द्रीय तथा नगर स्तरीय योजना कार्यक्रमका लागि एक अर्ब २५ करोड ७२ लाख ९७ हजार ८ सय ५ रुपैंयाँ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकास तथा अन्य लक्षित विकास कार्यक्रमहरुका लागि कुल ८ करोड १२ लाख ५ हजार रुपैंयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकास कार्यक्रम अन्तर्गत् महिला विकास कार्यक्रमका लागि एक करोड ५ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी युवा तथा बालबालिका विकास कार्यक्रमका लागि सामाजिक विकास तर्फकै बजेटबाट कुल ४ करोड ४६ लाख बिनियोजन गरिएको छ । यस्तै अन्य लक्षित विकास कार्यक्रमका लागि २ करोड ५० लाख २५ हजार विनियोजन गरिएको छ ।

साउन ३२ बाट सुरु भएको नगरसभा बैठक अर्थ विधेयक र विनियोजन विधेयक पारित गरेसँगै सकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।