logo

अन्तिम घण्टामा किन बढ्यो शेयर? बीमा कम्पनीले सूचक बढायो, कारोबार रकममा छैन सुधार

    1003   पटक पढिएको

१७ मंसिर / अर्थ र व्यापार - जीवन बीमा कम्पनीको शेयरमा उल्लेख्य सुधार देखिए पनि बाणिज्य बैंकको शेयरमा सुधार हुन नसक्दा मंगलबार पनि बजारले गति लिन सकेन। सुरुदेखिनै बीमा कम्पनीले बजारको ‘लिड’ गरिरहेको थियो।

बीमाले बजारमा टेवा पुर्याउन खोजे पनि ५ अंक भन्दा माथिले सुधार देखिसकेको बजार अन्तिममा ३.७५ अंकले सुधार भएर रोकिएको छ। जीवन बीमा कम्पनीको सूचक ६३ अंकले बढेको छ भने निर्जीवन बीमा कम्पनीको सूचक १९ अंकले सुधार देखिएको हो।

सूचक सुधार भएर १११५.७४ अंकमा रोकिए पनि कारोबार रकम भने जम्मा २६ करोड ६८ लाख रुपैयाँमा सिमित भएको छ। कारोबार रकम र सूचक दुबै सुस्त देखिदै आएको बजारमा खासै आकर्षण देखिदैन।

कारोबारको अन्तिम एक घण्टामा बजार सुधार हुने संकेत देखिदा लगानीकर्ताको सहभागिता बढेको थियो। विगत एक साताको अवधिमा दुई वजे पछाडिको औसत कारोबार १३ करोड रुपैयाँ हाराहारीमा हुन्थ्यो। तर मंगलबार यस्तो कारोबार रकम २३ प्रतिशतले बढेको देखियो। अघिल्लो दुई घण्टा सुस्त देखिएको बजार पछिल्लो समय सुधार हुने संकेत देखिएको हो।

बजारमा सबैभन्दा धेरै माग नेपाल बैंकको रहेको छ। घोडिघोडा लघुवित्तको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। त्यस्तै पछिल्लो समय १०र१० कित्ताले मूल्य बढाउदै १५१६ रुपैयाँ पुर्याइएको साल्ट ट्रेडिङ कम्पनीको मूल्य घट्ने क्रममा मंगलबार ११८८ रुपैयाँमा झरेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।