logo

नेशनल लाईफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम, एमडिआरटीमा परेका ३९ जना सम्मानित

    1009   पटक पढिएको

२० माघ / अर्थ र व्यापार - नेशनल इन्स्योरेन्स कम्पनीले व्यवसायिक अभिकर्ताहरुको अन्तर्रा्ष्ट्रिय संस्था एमडिआरटीमा छनौट भएका एजेन्सीहरुलाई तालिम दिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा नेशनल इन्स्योरेन्सका सिईओ भरत बस्नेतको उपस्थितिमा बीमाकर्ताहरुलाई प्रोत्साहन गर्न तालिम सञ्चालन गरिएको हो ।

नेशनल इन्स्योरेन्सका डेपुटी सिईओ सुरेश कुमार खत्रीले दशैभरिबाट एमडिआरटीमा छनौट भएका ३९ जना र चालु आवमा उत्कृष्ट व्यापार गर्ने बीमा अभिकर्तासहित करिब २०० जनालाई तालिम दिएको जानकारी दिए ।

कम्पनीले चालु आवमा ११ लाख रुपैयाँ बीमा शुल्कको लक्ष्य पूरा गरेका अभिकर्तालाई समेत समावेश गरी तालिम दिएको हो । तालिम भारतीय प्रशिक्षक बिजय झाले दिएको कम्पनीले जनाएको छ ।

पोखरामा आयोजित कार्यक्रममा ३९ जना एमडिआरटीमा छनौट भएकालाई सम्मान गरिएको थियो । त्यसैगरी, ११ लाख रुपैयाँ प्रथम बीमा शुल्कको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई समेत एक्सिलेन्ट अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।