logo

हिमालयन जनरल इन्स्योरेन्सको १६६ प्रतिशत हकप्रद सूरक्षित गर्ने आज अन्तिम दिन 

    1430   पटक पढिएको

१५ असार / अर्थ र व्यापार – हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १६६.६७ प्रतिशत हकप्रद सेयर सूरक्षित गर्ने विहीबार अन्तिम दिन हो । कम्पनीले असार १६ गते सेयरधनी किताब बन्द गर्ने सुचना निकालेकाले असार १५ अर्थात आज विहीबारसम्म सेयर किनेका लगानीकर्ताले मात्र हकप्रद भर्न सक्नेछन् ।

हिमालयन जनरल इन्स्योरेन्सले यहि असार २८ गतेदेखि एक सय रुपैयाँ दरको ६४ लाख २० हजार कित्ता हकप्रद विक्री गर्न लागेको हो । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले असार २८ गतेदेखि साउन ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । 

हाल ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनको हकप्रद सेयर विक्रीपश्चात एक अर्ब दुई करोड रुपैयाँ पुग्नेछ । २०७५ पुस मसान्तभित्र बीमा समितिले निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासमा १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा रहेको छ । कम्पनीको सेयर बुधबार १६७५ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।