logo

नेरुडे लघुवित्तको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

    1356   पटक पढिएको

२० असार / अर्थ र व्यापार – नेरुडे लघुवित्तले असार १३ देखि लिलामीमा राखेको संस्थापक र सर्वसाधारण समूह गरी एक लाख आठ हजार ७३६ कित्ता सेयरमा आवेदन गर्ने मंगलबार (आज) अन्तिम दिन हो ।

नेरुडेले सर्वसाधारण समूहको १४ हजार ७५९ कित्ता र संस्थापक समूहको ९३ हजार ९७७ कित्ता सेयर लिलामी मार्फत बेच्न लागेको हो । लघुवित्तले चैत २४ देखि वैशाख ७ गतेसम्म जारी गरेको ५० प्रतिशत हकप्रदमा अवितरित सेयर लिलामीमा राखेको हो । 

नेरुडेको लिलामी सर्कान चाहने ईच्छुक लगानीकर्ताले मंगलबार (आज) सम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन गर्दा साधारण सेयरमा न्यूनतम एक सय र संस्थापकमा एक हजार कित्तादेखि १० कित्ताको गुणांकमा लिलामीमा राखिएको सबै सेयरका लागि आवेदन गर्न सक्नेछन् ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा असार २१ गते बुधबार दिउँसो ३ बजे बोलपत्र खोलि असार २५ गते बाँडफाँड गर्नेे छ । सेयर पाउन नसक्ने लगानीकर्तालाई असार २८ गतेदेखि रकम फिर्ता हुनेछ ।

चुक्ता पूँजी २१ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ५० पैसा छ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले सात करोड ८५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर सोमबार नेप्सेमा प्रतिकित्ता १२४८ रुपैयाँमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।