logo

लुम्बिनी इन्स्योरेन्स र एनएमबि लघुवित्तको हकप्रद आजसम्म, लुम्बिनीले जुटायो नियामक पुँजी

    888   पटक पढिएको

२९ मंसिर / अर्थ र व्यापार -  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र एनएमबि लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको हकप्रद शेयर आइतबारदेखि बन्द हुने भएको छ। लुम्बनीले गत कात्तिक २४ गतेदेखि चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो। 

कम्पनीले शेयरधनीहरूका लागि १७ लाख ६० हजार कित्ता हकप्रद बिक्री गरेसँगै चुक्ता पुँजी एक अर्ब ५ करोड रूपैयाँ र्पुयाउने छ। यससँगै बीमा समितिले निर्देशन गरेको न्युनतम एक अर्ब रूपैयाँ पुँजी जुटाउने भएको हो। कम्पनीको हालको चुक्ता पुँजी ८८ करोड रूपैयाँ छ। असोज २७ गतेसम्म कायम शेयरधनीहरूले हकप्रद शेयरका लागि आवदेन दिन सक्ने छन्।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिवीआइएल क्यापिटल रहेको छ। आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट आवदेन दिन सकिने छ। त्यस्तै एनएमबि लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको १ सय ५० प्रतिशत हकप्रद शेयरको बिक्री आइतबारदेखि बन्द हुनेछ। संस्थाले कात्तिक २४ गतेदेखि हकप्रद शेयर निष्कासन गरेको थियो। कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरूले एक कित्ता बराबर १.५ कित्ताको अनुपातमा आवेदन दिन सक्नेछन्। 

संस्थाले २४ लाख ३० हजार कित्ता हकप्रद निष्कासन गरेसँगै चुक्ता पुँजी ४० करोड ५० लाख रूपैयाँ कायम हुनेछ। संस्थाको हालको पुँजी १६ करोड २० लाख रूपैंयाँ छ। संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छ। शेयरधनीहरूले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्ने छन्।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट हकप्रद शेयरबाट कायम हुने पुँजीका लागि समेत १२ प्रतिशत बोनस शेयर प्रदान गर्नेछ।  बोनस शेयरपछि संस्थाको चुक्ता पुँजी ४५ करोड ३६ लाख रूपैयाँ पुग्ने छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।