logo

अर्थ मन्त्रालयद्वारा कर समस्या समाधान गर्न १० वटा उपसमिति गठन

    998   पटक पढिएको

२१ फागुन /अर्थ र व्यापार - अर्थमन्त्रालयले करसम्बन्धी समस्या समाधान गर्न १० वटा उपसमिति गठन गरेको छ । कानूनहरुमा गर्नुपर्ने सुधार, करको दरमा पुनरावलोकन, कर प्रणालीमा सुधार, करको दायरा विस्तार लगायतका काम गर्नका लागि १० वटा विषयगत उप–समिति गठन गरेको हो ।

अर्थ मन्त्रालयमा बसेको राजश्व परामर्श समितिको बैठकमा सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायका प्रतिनिधि रहनेगरी १० वटा विषयगत उपसमिति गठन भएको हो । समिति गठन भई तिनको कार्य विवरण र मार्गनिर्देशन समेत निर्धाण भएको छ । सातैवटा प्रदेशका राजधानीहरुमा पनि अन्र्तकृया तथा छलफल कार्यक्रम गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।

बैठकमा समितिका संयोजक राजश्व सचिव लाल शंकर घिमिरेले उप–समितिहरुले प्रतिवेदन पेश गर्दा सुझावहरुलाई तत्कालिक, मध्यकालीन र दीर्घकालीन ढाँचामा प्रस्तुत गर्न र सुझाव कार्यान्वयनको खाका समेत सिफरिस गर्न निर्देशन दिएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।