logo

असोज १८ देखि सपोर्टको साधारण सेयर निष्काशन हुने

    1073   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाले एक लाख ८० हजार कित्ता साधारण शेयर जारि गर्ने भएको छ । संस्थाले १०० रुपैयाँ अंकित दरका सेयर असोज १८ देखि २३ गतेसम्म बिक्री गर्न लागेको हो । संस्थाको साधारण शेयर खरिदको लागि न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्तासम्म आवेदन दिन पाइने छ ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यपिटल रहेको छ । संस्थाले निष्काशन गरेको शेयरमध्ये २ प्रतिशत हुन आउने ३ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत हुन आउने ९ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । 

संस्थाको अधिकृत पूँजी १५ करोड रुपैयाँ रहेको छ भने चुक्ता पूँजी साधारण शेयर निष्काशनपछि छ करोड रूपैयाँ पुग्नेछ । संस्थाको संस्थापक शेयरधनीहरुको ७० प्रतिशत ४ लाख २० हजार कित्ता र सर्बसाधारण समुहको ३० प्रतिशत एक लाख ८० हजार कित्ता रहेको छ । 

संस्थाको सेयर आवेदन एनएमबि क्यापिटल नागपोखरी र संस्थाको कार्यालय इटहरीबाट दिन सकिन्छ । हकप्रद आवेदन आस्वा सेवा भएका सम्पुर्ण वित्तीय संस्थाहरुबाट पनि दिन सिकन्छ ।

संस्थाले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सुनसरी, उदयपु र, सिन्धुली, रामेछाप र मकवानपुर सहित १० जिल्लाबाट आफ्नो कारोबार गर्न सक्ने अनुमति पाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।