logo

सनराइज बैंकको तीन अर्बको ऋणपत्र पूर्ण रुपमा बिक्यो, सर्वसाधारणले ४७ करोडको उठाए

    1290   पटक पढिएको

२० मंसिर / अर्थ र व्यापार - सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ। छिटोको अवधिमा बिक्री नभएपछि बैंकले बिहीबारसम्म बिक्री खुला गरेको थियो। 

बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राना अधिकारीले सबै ऋणपत्र बिक्री भएको जानकारी दिइन्। 
बैंकले गत कात्तिक २० गतेदेखि ऋणपत्र निष्काशन गरेको थियो। जसमा सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँ निष्काशन गरेको थियो। यसका लागि एक हजार छ सय सर्वसाधारण आवेदकले चार लाख ७१ हजार ७८३ कित्ताको लागि आवदेन दिएका थिए। सर्वसाधारणले मात्रै ४७ करोड १७ लाख रुपैयाँको लागि आवेदन दिएका हुन्। 

प्राइभेट प्लेसमेन्टबाटै दुई अर्ब ५२ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न सफल भएको हो। बैंकले १०.२५ प्रतिशत व्याजदरमा २०८३ सम्मको अवधिका लागि ऋणपत्र निष्काशन गरेको थियो। बैंकले केहि समय अगाडि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो। यससँगै बैंकसँग चार अर्ब रुपैयाँको ऋणपत्र भएको छ। एक अर्ब रुपैयाँको लागि भने १० प्रतिशत व्याजदर थियो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्दै पर्ने व्यवस्था गरेको छ। यो ऋणपत्र बिक्री भएसँगै नेपाल राष्ट्र बैंकको निर्देशन पनि पालना हुनेछ। बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ छ। चुक्ता पूँजी, जगेडा कोष र ऋणपत्र सहित बैंकको पूँजीकोष १६ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।