logo

सनराइज बैंकको ११ औं बार्षिक साधरणसभा पुस २९ गते हुने

    970   पटक पढिएको

४ पुस/ अर्थ र व्यापार - सनराइज बैंकले शेयर ब्रोकर सेवा प्रदान गर्ने प्रमुख एजेण्डा सहित पुस २९ गते एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले अमृतभोग क्याटरर्स कालिकास्थानमा बिहान १० बजे सभा आह्वान गरेको हो । बैंकले सभामा सम्बन्धित नियाम निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सम्बन्धि कार्य गर्ने व्यवस्था थप गरि प्रबन्धपत्र संसेधन गर्ने प्रस्ताव गरेको छ । 

यसका लागि संसोधन गरि पारित भएको प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायले कुनै फेरबदल गर्न निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको हो । साथै संस्थागत सामाजिक उत्तरदायित्व वापत छुट्टाएको खर्चको सीमाभन्दा बढी भएको खर्च ६३ लाख १८ हजार अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यसका अतिरिक्त बैंक सञ्चालक समितिको मंसिर १३ गते सम्पन्न ३०३ औं बैठकले गत आर्थिक वर्ष २०७४र७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साथै सभाले संस्थापक र साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३र३ जना सञ्चालहरुको निर्वाचन गर्नेछ ।

यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब १५ करोड २५ लाखको ११.५ प्रतिशतले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार लाभांश वितरण गर्नेछ । बैंकको आगामी वार्षिक साधारण सभाबाट साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई लाभांश वितरण हुनेछ । 
चालू आवको प्रथम त्रैमासमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा २० करोड ३७ लाख खुद नाफा गरेकोमा १२ करोड ७७ लाखले मुनाफा बढाएको हो । ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्त्ता पूँजी रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९९ पैसाबाट १६ रुपैयाँ २६ पैसामा बढेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।