logo

सनराइज बैंकले ल्यायो बचतजस्तै सुविधा भएको नयाँ मुद्दति खाता, एक हजारमा खाता खोल्न सकिने

    1184   पटक पढिएको

२७ पुष / अर्थ र व्यापार - सनराइज बैंकले रिकरिङ्ग खाता संचालनमा ल्याएको छ। बचत खातामा जस्तै गरी यसमा रकम जम्मा गर्न सकिन्छ। व्याज मुद्दति खाता सरह पाइने छ।  आवश्यकता अनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिने विज्ञप्तिमा उल्लेख छ। 

खाता खोल्दा न्युनतम बचत एक हजार रुपैयाँ र त्यसपछि एक पटकमा न्युनतम ५०० वा ५०० को गुणा का दरले जम्मा गर्दै जान सकिने छ।  बचत खाताको पैसा नियमित रुपमा मुद्दति खातामा जम्मा हुँदै जानेछ। मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ।  

खातामा पूर्व निर्धा्रितभन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पटक पटक गरि जम्मा गर्न सकिने छ। ब्याज त्रैमासिक रुपमा प्राप्त हुने छ। ब्याज आवश्यक पर्दा खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने छ। 

खातामा फ्लोटिङ्ग व्याजदर लागु गरिएको छ जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मद्दत पुग्दछ। उतार चढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ। हाल बैंकले मुद्दति खातामा ९.२५ प्रतिशतमा थप आधा प्रतिशत व्याज प्रदान गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।