logo

ग्लोवल आईएमई बैंकको डेपुटी सीईओमा सुमन शर्मा 

    1677   पटक पढिएको

४ असोज / अर्थ र व्यापार – ग्लोबल आईएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन शर्मालाई नियुक्त गरेको छ । शर्मालाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।  शर्मा यसअघि माछापुच्छ्रे बैंकमा डेपुटी सीईओ थिए । शर्माले माछापुच्छ्रे बैंकबाट राजीनामा दिएका छन् । तर उनको राजीनमा स्वीकृत हुन बाँकी छ ।

नेदरल्याण्डबाट एमबीए गरेका शर्मासँग बैकिङ क्षेत्रमा करिव २० वर्ष काम गरेको अनुभव छ । सन् १९९७ मा एसविआई बैंकबाट बैकिङ सेवामा प्रवेश गरेको शर्माले सो बैंकमा ८ वर्ष, एनएमबी बैंकमा करिव १४ वर्ष काम गरिसकेको अनुभव छ । शर्मा माछापुच्छ्रे बैंकमा विगत तीन वर्षदेखि डेपुटी सीईओ थिए ।

डेपुटी सीईओमा शुमनको नियुक्तीसँगै कामु प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने सम्भावना अधिक देखिएको छ । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएपछि बैंकले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

तीन दशक बैकिङ सेवामा सक्रिय पौड्याल विगत १० वर्षदेखि ग्लोवल आईएमई बैंकमा सेकेण्ड म्यानको भूमिकामा थिए । बेलायतबाट एमबीए गरेका पौड्यालले नविल बैंकमा ११ वर्ष काम गरेका थिए । एनआईसी र लक्ष्मी बैंक स्थापना गर्ने क्रममा उनी ती बैंकको उच्च व्यवस्थापन टिममा रहेर काम गरेको थिए । पढाईको सिलसिलामा बेलायतको बैंकमा काम गरेको अनुभव समेत छ उनीसँग ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।