logo

सुधिर बस्नेतको श्रीमतीको नाममा रहेको ग्लोबल आईएमई बैंकको शेयर जफत गरी लिलामीमा

    1450   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार - समस्याग्रस्त ओरेन्टल को-अपरेटिभका बचतकर्ताहरूलाई राहत हुने भएको छ । सरकारले गठन गरेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले को-अपरेटिभ संस्थाका तत्कालिन कर्मचारी नितु थापा बस्नेत (सुधिर बस्नेतको श्रीमती) को नाममा रहेको ग्लोबल आईएमई बैंकको शेयर जफत गरी लिलामीमा ल्याएपछि बचतकर्तालाई राहत पुग्ने भएको हो ।   

ऋण असुली न्यायधीकरणले बस्नेतको नाममा रहेको ग्लोबल आईएमई बैंकको संस्थापक १ लाख ३६ हजार २३३ कित्ता र साधारण तर्फको ५० हजार ८७ कित्ता शेयर लिलामी ल्याएको हो । बैंकको संस्थापक तर्फको शेयरमा न्युनतम १८० रूपैयाँ र सर्बसाधारण तर्फको शेयरमा न्युनतम २७२ रूपैयाँमा बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकको संस्थापक र साधारण शेयर लिलामी पश्चात आउने न्युनतम तीन करोड ८२ लाख २७ हजार २०४ रूपैयाँ ओरेन्टल कोअपरेटिभका बचतकर्ताहरूलाई वितरण गरिनेछ । तर सहकारीमा ११ हजार भन्दा बढी बचतकर्ताका साढे ५ अर्ब भन्दा बढी बचत फसेको छ ।

बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३ हजार रूपैंयाँको फारम खरिद गरेर माघ १० गते भित्र ऋण असुली न्यायाधिकरणको कार्यालयमा बोलपत्र पेश गर्न सकिनेछ । लिलामी शेयरमा बोलपत्र पेश गर्न चाहनेले शेयरको १० प्रतिशत रकम धरौटी पहिले नै बुझाउनु पर्ने न्यायाधीकरण कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।