logo

स्ट्याण्डर्ड चार्टड बैंकको व्याज खर्च बढ्दा आधार व्याजदरमा असर

    1030   पटक पढिएको

२४ बैशाख /अर्थ र व्यापार - स्ट्याण्डर्ड चार्टड बैंकले व्याज खर्च बढाउँदा त्यसको असर बैंकको आधार व्याजदरमा समेत परेको छ । गतवर्षको यो अवधिमा बैंकले व्याजमा जम्मा एक अर्व सात करोड रुपैयाँ मात्रै खर्च गरेको थियो । बैंकको ७.२० प्रतिशतमा रहेको आधार व्याजदर अहिले बढेर ७.७४ प्रतिशत पुगेको छ ।

व्याज खर्च बढ्दा त्यसको असर बैंकको नाफामा पनि परेको छ । बैंकले नौ महिनामा झण्डै छ प्रतिशतले नाफा बढाएर एक अर्व ६७ करोड रुपैयाँ पुर्याएको छ । बैंकले गत वर्ष एक अर्व ५३ करोड रुपैयाँ नाफा गरेको थियो । नाफाको वृद्धिदर कम हुनुमा व्याज खर्च जस्तै व्याज आम्दानी नबढाउनु पनि हो । बैंकको व्याज आम्दानी भने जम्मा ३५ प्रतिशतले मात्रै बढेको छ । बैंकको खुद व्याज आम्दानी भने जम्मा ८.१२ प्रतिशतले बढेर दुई अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । बैंकको अन्य आम्दानी भने बढेको छ । गत वर्षको नौ महिनामा ४४ करोड रहेको अन्य आम्दानी यसपटक बढेर ५३ करोड रुपैयाँ पुगेको छ ।

बैंकले नौ महिनाको अवधिमा ७० अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरि ५५ अर्ब ७७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्षको तुलनामा निक्षेप संकलन १५ प्रतिशतले बढेको छ भने ऋण लगानी २० प्रतिशतले बृद्धि भएको छ । यस वर्ष कस्ट अफ फण्ड ३.८ प्रतिशतबाट बढेर ५.४१ प्रतिशत पुगेको छ । बैंकले नेपाल राष्ट्र बैंकले निर्देशन गरेअनुसार स्प्रेड दर घटाउन थालेको छ । बैंकको स्प्रेड दर ५.२३ प्रतिशतबाट घटाएर ४.७५ प्रतिशतमा झरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।