logo

स्पर्श लघुवित्तद्वारा निष्कासित आईपिओमा आवेदन दिने आज अन्तिम दिन

    2222   पटक पढिएको

२९ फागुन /अर्थ र व्यापार - स्पर्श लघुवित्तद्वारा निष्कासित आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो । कम्पनीले निष्काशन गरेको आईपिओमा तेस्रो दिन फागुन २८ गते मंगलबार सम्ममा २३.०२ गुणा बढी आवेदन परेको छ । लघुवित्तको आईपिओमा अत्याधिक माग पर्दा तेस्रो दिनसम्ममा १२ प्रतिशत आवेदकले मात्र पाउने सम्भावना देखिएको छ । लघुवित्तको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो । 

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार ५ बजे सम्ममा ५८ करोड रुपैयाँ बराबरको ५८ लाख कित्ता शेयरको लागि माग भएको छ । लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर सर्वसधारणहरुबाट दुई लाख ५२ हजार कित्ता शेयरमा आवेदन माग गरेको थियो ।

मंगलबारसम्म लघुवित्तको आईपिओमा आवेदन गर्ने आवेदकको संख्या दुई लाख ५ हजार पुगेको छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा छ । लघुवित्तको आईपिओ भर्न इच्छुक लगानीकर्ताले फागुन २९ गते बुधबारसम्ममा आवेदन गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।