logo

स्पर्श लघुवित्तको २ लाख ५२ हजार कित्ता आईपीओ आइतबार बाँडफाँड हुने

    1060   पटक पढिएको

८ चैत्र /अर्थ र व्यापार  - स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार चैत १० गते बाडँफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सर्वसाधारणलाई खुला गरिएको २ लाख ५२ हजार कित्ता आईपीओ आइतबार बाँडफाँड हुने तय भएको छ ।

स्पर्शको आईपीओमा ३ लाख ३ हजार ४४ जनाले ८३ करोड २७ लाख ६३ हजार रुपैयाँ बराबरको आईपीओका लागि आवेदन परेको छ । कम्पनीले गत फागुन २६ गतदेखि फागुन २९ गतेसम्म २ लाख ६९ हजार ६३० कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये ०.५५ (४ हजार १४८ कित्ता) कर्मचारीलाई र ५५ (१३ हजार ४८२ कित्ता) शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । कुल आवेदकमध्ये ८ दशमलव ३२५ ले मात्र शेयर पाउने देखिएको छ ।

स्पर्शले आईपीओ बिक्रीबाट आउने रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जामा उपयोग गर्ने भएको छ । यस्तै, खुद्रा व्यापार तथा सेवा कर्जामा ४० लाख र साना तथा घरेलु उद्योग कर्जामा २९ लाख ६३ हजार रुपैयाँ उपयोग गर्नेछ । यस लघुवित्तले आईपीओ बिक्री गरी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।