logo

सिद्धार्थ बैंकको एकै दिन चार वटा नयाँ शाखा स्थापना

    1253   पटक पढिएको


८ माघ / अर्थ र व्यापार - काठमाडौं– सिद्धार्थ बैंकले एकै दिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो ।

यी शाखाबाट स्थानीय स्तरमा बैकिङ पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशीलता वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमै बैंकिङ पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा शाखा विस्तार गर्ने योजना बनाएको छ । बैंकले गट्ठाघर शाखालाई त्यहीँकै आधुनिक भवनमा सारेको जनाएको छ । बैंकले छिटो, सरल र सहज बैंकिङ सेवा ग्राहक समक्ष पुर्याउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको बैंकको भनाइ छ । 
बैंकले देशभर तीन एक्सटेन्सन काउन्टर, ८६ शाखा, १०५ एटिएम, ९९ शाखारहित बैंकिङ सेवा र ६ सय ५० भन्दा बढी पिओएस मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।