logo

 सेञ्चुरी कमर्सियल बैंकले मल्टिपल करेन्सी कार्ड प्रयोगमा  ल्यायोे 

    1057   पटक पढिएको

 

  २९ कात्तिक / अर्थ र व्यापार - काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले अमेरिकी डलरसँगै अन्य विदेशी मुद्रासमेत चल्ने नयाँ कार्ड प्रयोगमा ल्याएको छ । बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा ’मल्टिपल करेन्सी कार्ड’ प्रयोगमा ल्याएको हो । 

सेञ्चुरी बैंकले प्रयोगमा ल्याएको कार्डमा १६ देशमा मुद्रा चल्ने छ । बैंकले नगद विदेशी मुद्राको अभाव भइरहेका बेला विश्वका १६ वटा मुद्राको काम एउटै कार्डले गर्ने भएकाले नेपालीलाई बाहिर जान कागजी नोटको समस्या नपर्ने बैंकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । बैंकले एक्सिस बैंकसँगकै सहकार्यमा भारतबाट नेपाल रेमिट्यान्स भित्र्याउने कार्यको औपचारिक शुरुवात गरेको छ । एक्सिस बैंकका ३५ सय शाखाबाट पठाएको पैसा नेपालको सेञ्चुरी बैंकबाट झिक्न सकिन्छ । ’यसबाट बैंकको ग्राहक संख्यामा बृद्धि भइ सर्वसाधारणलाई समेत सहज सेवा उपलब्ध हुने छ’ बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले भने ।

बैंकले चाँडै दुई वित्तीय संस्थालाई गाभेर एकिकृत कारोबार सुरु गर्दैछ । बैंकले ४० प्रतिशत हकप्रद शेयर जारि गरिसकेको छ । अब बोनस सेयर जारि गरेर चुक्ता पूँजी ८ अर्ब पुर्याउने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।