logo

महालक्ष्मी लाईफ इन्स्योरेन्सको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

    1057   पटक पढिएको

माघ १५ / अर्थ र व्यापार - महालक्ष्मी लाईफ इन्स्योरेन्सको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ । यही माघ १२ देखि १४ गते सम्म भएको उक्त सम्मेलनमा देशैभरिबाट आएका ६० भन्दा बढी शाखा र उपशाखा प्रमुख, क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र प्रधान कार्यालयका पदाधिकारी समेत गरी ७५ जनाको सहभागिता रहेको थियो।

‘प्रत्येक घरमा एउटा जीवन बीमा’ नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समिक्षा, गुणस्तरीय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँ गाउँमा, घर घरमा बीमा सम्बन्धि जनचेतना जगाउन  प्रत्येक घरमा एउटा जीवन बीमा कार्यक्रम माथि छलफल गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन अण्डरराईटिङ, विभिन्न पोलिसीहरु र एजेन्सी सम्बन्धी १ दिने तालिम संचालन गरिएको थियो । सम्मेलनको उद्घाटन तथा समिक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरका थिए ।

तालिम तथा कम्पनीको रणनीति बारेमा नायव प्रमुख कार्यकारी अधिकृत द्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन एजेन्सी प्रमुख सिताराम धिमालले गरेका हुन् ।

२०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको कान्छो जीवन बीमा कम्पनीले एक वर्ष भन्दा कम अवधिमा ६० वटा शाखारउपशाखा संचालन, ६५ जिल्लामा जनचेतना कार्यक्रम सम्पन्न, ६,००० भन्दा बढी अभिकर्ता इजाजत स्विकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरि कुल ५३ करोड भन्दा वढीको व्यवसाय गर्न सफल भएको छ ।

कम्पनीले जीवन बीमाको विभिन्न क्षेत्रमा २ वर्षमा नयाँ कम्पनी मध्ये र ५ वर्ष भित्र सबै जीवन बीमा कम्पनीलाई नेतृत्व गर्ने गरी अग्रणी स्थान बनाउने सम्मेलनमा घोषणा गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।