logo

दोस्रो त्रैमासमा सानिमा लाईफले गर्यो प्रगति, ७८ करोड कोषमा, ४१ करोड बीमा शुल्क आर्जन

    1104   पटक पढिएको

२४ माघ / अर्थ र व्यापार -  जीवन बीमा कम्पनीहरुको सूचिमा निकै तल परेको सानिमा लाईफ इन्स्यारेन्सले यस आवको दोस्रो त्रैमासमा निकै राम्रो प्रगति गर्न सफल भएको छ । कम्पनीले जीवन बीमा शुल्कमा उछाल ल्याएको छ । सुरुको तीन महिनामा १३ करोड ५७ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले पछिल्लो तीन महिनामा मात्रै साढे २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेर प्रगति गरेको हो ।

सानिमा लाईफले दोस्रो आवको वित्तीय विवरण प्रकाशन गर्दै समीक्षा अवधीमा निकै राम्रो प्रगति गरेको देखिएको छ । कम्पनीले बीमा शुल्क आर्जनमा उल्लेख्य प्रगति गरेको छ भने जीवन बीमा कोषको आकार समेत फराकिलो बनाएको छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ६७ करोड आठ लाख ७२ हजार ४७६ रुपैयाँ जम्मा गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा १४ करोड ३३ लाख १९ हजार ७४ रुपैयाँ मात्रै थियो । त्यस्तै जगेडा कोष र महाविपत्ति कोष सहित कोषमा कूल रकम ७८ करोड १४ लाख ३७ हजार ४३९ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा सानिमा लाईफको कोषहरुमा जम्मा २५ करोड ८७ लाख ७० हजार ९७९ रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधीमा कम्पनीको मुनाफा भने धेरै देखिएको छैन । गत आवकै हारहारीमा मुनाफा देखिएको छ । समीक्षा अवधीको गत आवमा चार करोड ८९ लाख ८० हजार १७५ रुपैयाँ मुनाफा गरेको कम्पनीले यस आवमा चार करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेका छ । यद्यपि जीवन बीमा कम्पनीहरुको लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको गर्दा मुनाफा घटबढ हुने गर्दछ ।

कम्पनीले यस आवमा ४१ करोड ११ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ भने समीक्षा अवधीमा १० लाख ५७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको बोनसदर प्रतिहजार ३५ रुपैयाँ देखि ६५ रुपैयाँसम्म रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।