logo

सानिमा बैंकको पहिलो सामूहिक लगानी कोष योजना आउँदै

    1674   पटक पढिएको

१९ असार / अर्थ र व्यापार – सानिमा बैंकले आफ्नो प्रवद्र्धनमा पहिलो सामुहिक लगानी कोष योजना सञ्चालनमा ल्याउने भएको छ । बैंकको प्रवद्र्धन र सानिमा क्यापिटलको सञ्चालनमा पहिलो योजना ‘सानिमा इक्विटी फण्ड’ का इकाइ निष्काशनको तयारी चलिरहेको छ । यो योजना अन्तरगत करिब १ अर्ब २० करोड रुपैयाँ (१२ करोड इकाई) को कोष बनाइने लक्ष्य राखिएको हो ।

इकाइको निष्काशनको क्रममा मागभन्दा बढि आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था रहेको छ । यसो भएका कोषको आकार १ अर्ब २० करोड हुनेछ । कोषमा प्रवद्र्धक र सञ्चालकको १५ प्रतिशत बिउ पुँजी रहनुपर्ने व्यवस्था छ ।

कोष मार्फत संकलित रकम लगानी क्षेत्रको रुपमा सेयर नै प्राथमिकतामा रहेको छ । यस कोष मार्फत उठ्ने रकममध्ये ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ । बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।

बन्दमुखि यो योजना सेयर बजारमा सूचीकृतपछि भने हरेक दिन किनबेच गर्न सकिनेछ । यो योजनाको परिपक्व अवधि ७ वर्षको रहेको छ । कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबटा पनि लगानीकर्ताले लाभ लिन सक्ने अवस्था बन्ने छ । ७ वर्षको परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटपर्थ प्रति सेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउनेछ ।

कोषको व्यवस्थापकहरुमा चार्टर्ड एकाउन्टेन्ट तिर्थराज उपाध्याय, ललित बहादुर बस्नेत, ख्याम नारायण ढकाल, डा. हेमन्तकुमार दवाडी र माधव प्रसाद ढकाल रहेका छन् ।

सेयर बजारमा प्रत्यक्ष लगानी गर्न नसक्नेहरुको र बजारको जोखिम प्रत्यक्ष लिन नचहानेहरुको लागि सामूहिक लगानी कोषमा लगानी गर्नु राम्रो मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।