logo

स्वाबलम्बन कोषको रकम वितरण गर्ने जिम्मा साना किसान विकास बैंकलाई दिने निर्णय

    814   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - सहकारी संस्थाहरुलाई सहुलियत ब्याजदरमा राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको १ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले खोसेको छ । अर्थमन्त्री युवराज खतिवडाको प्रस्ताबमा केही दिनअघिको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकले सञ्चालन गर्दै आएको स्वाबलम्बन कोषको सो रकम वितरण गर्ने जिम्मा साना किसान विकास बैंकलाई दिने निर्णय गरेको छ ।

स्वाबलम्बन कोषमा सरकार र राष्ट्र बैंक दुबैको पैसा छ । लामो समयदेखि राष्ट्र बैंकले कोषबाट सहकारी संस्थाहरुलाई ८ प्रतिशत ब्याजदरमा प्रति सहकारी ३० देखि ५० लाख रुपैयाँ दिँदै आएको थियो । राष्ट्र बैंकले तोकेको समयमा पैसा तिर्ने सहकारी संस्थालाई राष्ट्र बैंकले ७५ प्रतिशत ब्याज फिर्ता गर्दथ्यो । यसो गर्दा इमानदार भएर कारोबार गर्ने सहकारी संस्थाले २ प्रतिशत ब्याजदरमै कोषको पैसा चलाउन पाउँथे ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार स्वाबलम्बन कोषमा अहिले ९८र९९ करोड रुपैयाँ छ । यो सरकारकै पैसा भएकाले सरकारले सञ्चालनको जिम्मा अर्को कुनै निकायलाई दिन पाउने तर लामो समयदेखि राष्ट्र बैंकले सञ्चालन गर्दै आएको कुरा खोस्नुको चाहीँ विषेश अर्थ वा स्वार्थ हुनसक्ने स्रोतले बतायो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।