logo

ग्रामीण विकास लघुवित्तले अन्य लघुवित्त संस्था पनि मर्ज गर्ने, अधिकृत पुँजी बढाएर दुई अर्ब

    1061   पटक पढिएको

२७ पुष / अर्थ र व्यापार - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।  संस्थाले देशका सातवटै प्रदेशमा १ सय ८८ वटा इलाकारशाखा कार्यालय मार्फत विभिन्न ३ सय ६३ स्थानीय तहहरूमा लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा र्पुयाएको अध्यक्ष शाक्यले बताए।

संस्थाले ३२ करोड ११ लाख रूपैयाँ नाफा गरेको थियो। कम्पनीको कर्जा ९ अर्ब ९० करोड कर्जा र ३ अर्ब २३ करोड बचत छ।  प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले गरिबी न्यूनिकरण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए। 

संस्थाको चुक्ता पुँजी ९८ करोड २५ रूपैयाँ पुगेको छ। पुँजी वृद्धिसँगै संस्थाको पुँजीकोष थप मजबुत भई व्यवसाय विस्तारमा सघाउ पुग्न गएको कार्कीले बताए। 

अधिकृत पुँजी एक अर्बबाट २ अर्ब र्पुयाउने प्रस्ताव पारित गरिएको छ। अन्य उपयुक्त कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरू गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पनि पारित भएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।