logo

प्रोग्रेशिभ फाइनान्सको एक्सटेन्सन काउण्टर महालक्ष्मीस्थानमा

    1760   पटक पढिएको


१२ माघ /अर्थ र व्यापार - काठमाडौं– प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गणेशमानसिंह मेमोरियल अस्पतालमा आफ्नो पहिलो एक्सटेन्सन काउन्टर सुरु गरेको छ । सो फाइनान्सले बिहीबार सो अस्पतालको हाताभित्र बैंकिङ सेवा उपलव्ध गराउने उद्धेश्यका साथ बिहीबार काउन्टर सुरु गरेको हो ।
फाइनान्सका अध्यक्ष मुकुन्दप्रसाद ढकालले उद्घाटन गर्नुभएको सो कार्यक्रममा ललितपुर जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद कृष्णलाल महर्जनको समेत उपस्थिति रहेको थियो ।

 उक्त कार्यक्रममा ललितपुर क्षेत्रका निवर्तमान  सांसद श्री चन्द्र महर्जन, गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक माधव दुलाल, उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष श्री कृष्णलाल महर्जनज्यू, नेपाल हिरा तथा जवाहारात आभुषणका महासंघका अध्यक्ष श्री रमेश महर्जनज्यू, ज्यापु समाज यलका कार्यसमिति सदस्यहरु, ललितपुर जिल्लाका उद्योगी, व्यापारी, समाजसेवी, राजनीतिज्ञ सहकारी क्षेत्रका व्यक्तित्वहरु तथा स्थानिय व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

फाईनान्सको एक्सटेन्सन काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत÷निक्षेप जम्मा तथा भुक्तानी, विभिन्न कम्पनीका रेमिट्यान्स सम्बन्धि कारोबार लगायतका सेवा दिनेछ । फाईनान्सको हाल पाको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको छ तथा काभ्रेको बनेपा न.पा पुलबजारमा एक शाखा कार्यालय सञ्चालनमा रहेको छ भने निकट भविष्यमा ललितपुरको पुलचोक तथा भक्तपुरको ठिमीमा समेत एक्सटेन्सन काउन्टर संचालन गर्न तयारी गरिरहेको छ । उक्त कार्यक्रम फाईनान्सका प्रमुख कार्यकारी अधिकृत श्री विशाल हुमागाँईले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।