logo

बैंक अफ काठमाण्डुको नाफा ८९ प्रतिशतले बढ्यो

    1317   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – गत आव २०७३/७४ मा बैंक अफ काठमाण्डुको नाफा करिब ८९ प्रतिशतले बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ६५ करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी ६६ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ३१ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १५ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले २३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको १७ करोड फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि ३० करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.४६ प्रतिशत रहेको छ भने प्रावधान २ सय ४५ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रहेको छ । चुक्ता पुँजीमा वृद्धि नभएको बैंकको सेयरमा प्रतिफल दर केही बढेर १४.७४ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ३ अर्ब ३२ करोड रहेको छ । 

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा साधारण सेयरको आधारमा लगभग १७.३९ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन ५ प्रतिशतले बढेर ७१ अर्ब र कर्जा लगानी ३ प्रतिशतले बढेर ६२ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५.३४ प्रतिशत रहेको छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.५७ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.९७६ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५८ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत ३३ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब १८ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोमा ७४ करोड र ओभर ड्राफ्ट शीर्षकमा ३० अर्ब करोड कर्जा लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।