logo

प्राइम बैंकद्वारा एघारौं वार्षिक साधारणसभा आह्वान

    901   पटक पढिएको

२ जेठ /अर्थ र व्यापार - प्राइम बैंकले जेठ २६ गते एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले साधारणसभामा यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजाने भएको छ ।

बैंकले संस्थापकतर्फबाट तीनजना र सर्वसाधारणबाट दुई जना संचालकको निर्वाचन, मनोनयन वा नियुक्त गर्ने प्रस्ताव साधारणसभामा पेश गर्दै छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सन्दर्भमा आवश्यक प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । बैंकले यस अगाडि ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सहमति गरेर कुरा नमिल्दा मर्जर प्रक्रिया नै भाँडिएको थियो ।

बैंकको प्रस्ताव गरेको बोनस शेयर पश्चात चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ छ । बैंकले एक अर्ब २८ करोड रुपैयाँ बोनस शेयरबाट पूँजी थप्ने भएको हो । वर्तमान अधिकृत पूँजी १० अर्ब रुपैयाँलाई बढाएर २२ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव अगाडि सारिएको छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जेठ ८ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउनुकासाथै साधारणसभामा भाग लिन सक्ने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।