logo

प्रभु बैंकद्वारा संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गरिने

    872   पटक पढिएको

२७ माघ /अर्थ र व्यापार - प्रभु बैंकले संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ । आगामी फागुन १९ गतेका लागि बैंकले डाकेकोे सत्रौ बार्षिक साधारणसभा बाट संस्थापकको ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४५ कायम गर्ने प्रस्ताव बैंकले गरेको छ । हाल बैंकमा संस्थापकको ६१.३१ र सर्वसाधारणको ३८.६९ प्रतिशत शेयर स्वामित्व छ ।

साथै बैंकले साधारणसभा बाट आठ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बैंकले यसअघि पाँच प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड रुपैयाँ जम्मा गरी सञ्चित मुनाफाबाट बोनस शेयर प्रस्ताव गर्न निर्देशन दिएपछि लाभांश संशोधन गरेको थियो ।

८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ चुत्तापूँजी भएको बैंकले ८ प्रतिशत अर्थात ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बोनस पश्चात बैंकको ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

साथै बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा लग्दैछ । साधारण सभा प्रयोजनका लागि फागुन ६ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरिने बैंकले जनाएको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।