logo

प्रभु बैंकलाई ७ भन्सार नाकाहरुबाट सरकारी राजस्व उठाउने जिम्मा

    1025   पटक पढिएको

१७ मंसिर /अर्थ र व्यापार - सरकारले देशभरका विभिन्न ७ भन्सार नाकामा राजस्व संकलन गर्ने जिम्मा प्रभु बैंकलाई दिएको छ । राष्ट्र बैंक र भन्सार विभागको स्वीकृतिमा प्रभु बैंकले पूर्वदेखि पश्चिम सम्मका स्तरोन्नति गरिएका भन्सार नाकाहरुबाट सरकारी राजस्व उठाउने भएको छ । त्यसका लागि बैंकले मंगलबार एकैपटक ७ वटा एक्सटेन्सन काउन्टर खोल्दैछ । उक्त एक्सटेन्सन काउन्टरहरुले भन्सार राजस्व संकलन गर्नेछन् ।

यी एक्सटेन्सन काउन्टर सञ्चालनमा आएपछि निक्षेप परिचालन गर्न थप सजिलो हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । बैंकले झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाँडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुनौली, र कैलालीको सति भन्सार नाकामा एक्सटेन्सन काउन्टर खोल्न लागेको उनले बताए । ७ वटै भन्सार कार्यालयको उदघाटन भन्सार विभागका महानिर्देशक तोयम रायले महोत्तरीको जलेश्वरबाट गर्दैछन् । ती कार्यालयहरुले ३६५ दिन नै बैंकिङ सेवा प्रदान गर्नेछन् ।

यसअघि नै प्रभु बैंकले देशभर १६२ शाखा, १२१ वटा एटीएम र २ वटा एक्सटेन्सन काउन्टरमार्फत् साढे ११ लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । स्थानीय तहमा धेरै शाखा खोल्ने बैंकमध्ये प्रभु दोस्रो हो । बैंकले ३० वटा स्थानीय तहमा शाखा खोल्नका लागि अनुमति पाएकोमध्ये २८ स्थानीय तहमा शाखा खोलिसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।