logo

एनएमबिले किन्यो कञ्चन डेभलपमेन्ट बैंक, कञ्चनले पायो प्रति सेयर ८५ रुपैयाँ स्वाप रेसियो

    1096   पटक पढिएको

२७ माघ / अर्थ र व्यापार - एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। प्राप्तिबारे दुवै संस्थाका अधिकारीहरु बीच सम्झौता भएको छ ।  कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले प्रादेशिक संरचनामा काम गर्न सजिलो हुने भन्दै एनएमबि उक्त प्रक्रियामा पुगेको हो। कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरि पाँचवटा जिल्लामा कार्यक्षेत्र रहेको कञ्चन सुदूर पश्चिम प्रदेशको बैंक हो ।

यसको मुख्य कार्यालय कञ्चनपुरमा छ । उक्त बैंकका १७ वटा शाखा कार्यालयहरू र तीनवटा एक्सटेन्सन काउन्टर संचालनमा छन्। एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट प्राप्ति गरेपछि सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या चार पुग्नेछ । 

एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेर गण्डकी प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाएको थियो। त्यसअघि पनि एनएमबिले केही विकास बैंक गाभेको थियो।
स्रोतका अनुसार एनएमबिको १०० रुपैयाँ बराबर कञ्चनको प्रतिसेयर मूल्य ८५ रूपैयाँ तय भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।