logo

एनएलजी इन्स्यारेन्सको बीमाशुल्क आर्जन झण्डै अर्ब 

    1282   पटक पढिएको

२९ माघ / अर्थ र व्यापार -  एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ९२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ८३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै कम्पनीले पुस मसान्तसम्ममा ८ करोड ८५ लाख खुद मुनाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ८ करोड ४५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ ३५ पैसा रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने जगेडा कोषमा २४ करोड २१ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले महाविपत्ती जगेडा कोषमा ६ करोड ३० लाख रुपैयाँ छुटाएको छ ।कम्पनीको कुल दावी भुक्तानी रकम ६० करोड ८८ लाख रुपैयाँ छ भने भुक्तानी हुन बाँकि रकम ६८ करोड ४५ लाख रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।