logo

एनआईसी एशिया क्यापिटल आरम्भ माइक्रोफाइनान्सको बिक्री प्रबन्धकमा नियुक्त

    1439   पटक पढिएको

३१ साउन / अर्थ र व्यापार –  आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । संस्थाले प्रति शेयर १०० रुपैयाँ अंकित दरको २ लाख ९४ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा (कर्मचारी समेत) निष्कासन गर्नको लागि बबर महलमा रहेको एनआईसी एशिया क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको हो ।

साउन ३१ गते मंगलबारका दिन संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यस संस्थाकोे जारी पूँजीमध्ये साधारण शेयर सर्वसाधारणहरु र कर्मचारीहरुमा एनआईसी एशिया क्यापिटल मार्फत निष्कासन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ । सो संस्था नेपालका १५ पहाडी जिल्लामा कार्यक्षेत्र तय गरि विपन्न वर्गको आर्थिक उत्थान गर्ने कार्यमा विगत २ वर्ष देखि सक्रिय रहदै आएको छ । हालै क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।