logo

घरैमा बसेर एनआईसी एशिया बैंकको केवाईसी अपडेट गर्न सकिने

    1235   पटक पढिएको

१५ फागुन /अर्थ र व्यापार - एनआईसी एशिया बैंकले आफ्नो ग्राहकहरुले अब घरैमा बसेर ग्राहक पहिचान विवरण अद्यावधिक (केवाईसी अपडेट) गर्नसक्ने व्यवस्था मिलाएको छ । बैंकले आफ्ना ग्राहक सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान विवरण घरबाटै अद्यावधिक गर्नसक्ने सुविधा प्रदान गरेको जनाएको छ ।

बैंकको शाखा कार्यालयमा स्वंय उपस्थित हुनपर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गर्दै बैंकले घर तथा कार्यालयमा बसी झण्झटरहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट ग्राहकहरुले आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारीक वेवसाईट डब्लु डब्लु डट एनआईसी एशिया बैंक डट कममा लगईन गरि अपडेट केवाईसी अनलाईन पोर्टलमा आफ्नो खाता नम्बर, मोबाईल नम्बर र ईमेल आइ.डी. राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुलाई ग्राहक पहिचान अद्यावधिक गर्न सहजता होस् भन्ने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याईएको जनाएको छ । बैंकले २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।