logo

एनआईसी एशिया बैंकद्वारा ‘चमत्कारिक’ योजना सार्वजनिक

    1590   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार - एनआईसी एशिया बैंकको २२ वटा चमत्कारिक विशेषता रहेको विभिन्न १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक भएको छ । २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा बैंकले सर्वा्धिक उच्च ब्याजदरको अलवा बैंकले यस्तो योजना ल्याएको हो ।

बैंकले सबै ग्राहकलाई उपयुक्त चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याइएको चमत्कारिक तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिवृद्धि गर्ने विश्वास बैंकले लिएको दाबी गरेको छ ।

‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया नेपालकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको दाबी छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा नेपालमै पहिलो पटक स्वीप इन(स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधा पाइने छ । यसका साथै देशैभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदासमेत प्रदान गरिने बैंकको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।