logo

तीन वर्षभित्र एनआईसी एशिया बैंकले तीन सय शाखा र हजार एटिएम पुर्याउने

    2003   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – एन आई सी एशिया बैंक १९ वर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आयोजित कार्यक्रममा बैंकले सन २०२० सम्ममा ३ सय शाखा संञ्चालन तथा एक हजार एटिएम संचालन गर्ने घोषणा गरेको छ । साथै बैंकले सोही अवसरमा नयाँ टेलिभिजन विज्ञापन समेत सार्वजनिक गरेको छ ।

सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र ए टि एम संख्या १००० पु¥याई बैंकलाई राष्ट्रकै उत्कृष्ट मध्येको एक बैंक बन्ने लक्ष्य एनआईसी एशिया बैंकको रहेको छ । हाल बैंकले १२५ भन्दा बढि शाखा, ७० एटिएम तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको छ । यसअवधिमा बैंकको निक्षेप ग्राहक संख्या ५ लाख ५० हजार, कर्जा ग्राहक संख्या २५ हजार बढि पुगेकोे छ । साथै बैंकका डिजिटल सेवा लिने सेवा ग्राही संख्या २ लाख ५० हजार नाघेको छ ।

२० बर्ष अगाडि १९ कर्मचारी, १ शाखा र करिब ८ करोड चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा नेपाल इन्डष्ट्रियल एण्ड कर्मशयिल बैंकको रुपमा एनआईसी एशिया संचालनमा आएको थियो । साथै, बैंक स्थापना कालमा एक सय रुपैयाँको एक कित्ता साधारण शेयरमा लगानीगर्ने शेयर धनीको लगानी हालको बजार मुल्य अनुसार ३ हजार ४९० को मुनाफा हुने अवस्था रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।