logo

एनआइसी एसिया बैंकद्वारा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डको अनुमति माग

    848   पटक पढिएको

१३ पुस /अर्थ र व्यापार   - एनआईसी एशिया बैंक (NICA) ले चौथो पटक चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डको अनुमति मागेको छ । बैंकले मंसिर २६ गते एक हजार रुपैयाँ अंकित दरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन दिएको बोर्डले जनाएको छ ।

बैंकले निष्काशन गर्न लागेको ४ अर्ब रुपैयाँको ऋणपत्रमध्ये धितोपत्र बोर्डको स्वीकृती पश्चात २० प्रतिशत हुन आउने ८० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । ८० प्रतिशत अर्थात ३ अर्ब २० करोडको व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकको सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए । 

ऋणपत्र जारी गर्न बैंकले यसअघि नै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
‘१०५ एनआइसी एशिया ऋणपत्र २०८५र८६’ नाम दिइएको १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले यसअघि ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने बताएपनि वाणिज्य बैंकहरुले भद्र सहमति गरेपछि ऋणपत्रमा १ प्रतिशत ब्याजदर घटाएको हो । बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन, वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउने उदेश्य अनुरुपको कार्य गर्ने प्रयोजनका लागि पूँजी संकलन गर्न ऋणपत्र जारी गरिन लागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।