logo

नेपालगञ्जको विकासका लागि निराश नहुन उद्योगी व्यापारीलाई अर्थमन्त्री डा.  खतिवडाको आग्रह

    809   पटक पढिएको

८पुस/ अर्थ र व्यापार  - अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालगञ्जको विकासका लागि निराश नहुन उद्योगी व्यापारीलाई आग्रह गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको २७ औँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले नेपालगञ्जको विकासका विषयमा केन्द्र सरकार सकारात्मक रहेको बताए । विकासको काम क्रमिक रुपमा बढ्दै जाने र यसले आर्थिक विकास हुँदै जाने उनको भनाई थियो । 

नेपालगञ्जलाई आफूले नजिकबाट चिनेको भन्दै यस शहरलाई विकासमा पछि पर्न नदिने उनले आश्वासन पनि दिए । वि.सं. २०३५ मा पहिलोपटक नेपालगञ्ज आएको र त्यसपछि विभिन्न ओहदामा रहँदा यहाँको विकासका लागि काम गरेको भन्दै  चालिस वर्षको अवधिमा नेपालगञ्जले निकै ठूलो फड्को मारेको अर्थमन्त्री खतिवडाले बताए

साधारणसभामा बोल्ने उद्योगी, व्यवसायीले सङ्घीयता कार्यान्वयनसँगै नेपालगञ्ज पछि परेको गुनासो गरेपछि अर्थमन्त्री खतिवडाले नेपालगञ्ज विकासमा पछि नपर्ने भन्दै आश्वस्त पारेका थिए । उनले नेपालगञ्जको विकास औसत रुपमा सन्तोषजनक रहेको उल्लेख गर्दै थप विकासका लागि आफ्नो ध्यानाकर्षण भएको बताए ।

नेपालगञ्ज प्रदेश नं ५ को मात्र नभई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशकोसमेत विकासको संवाहकका रुपमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, “कर्णाली प्रदेशको त यो प्रवेशद्वार नै हो । जडीबुटी, कृषिजन्य, खनिज वस्तुको प्रशोधन र निकासी गर्न पनि नेपालगञ्जको विकासक नगरी विकल्प नै छैन ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले पछिलो समय नेपालगञ्ज आर्थिक हवका रुपमा रुपान्तरण हुँदै गएको भन्दै त्यसको प्रोत्साहन गर्न राज्य लाग्नुपर्ने बताइन् । उनले आफू नेपालगञ्जवासी नै भएकाले यहाँको विकासका लागि सदैव साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।