logo

नेपाल स्टक एक्सचेञ्जले सहारा विकास बैंकको  शेयर कारोबार रोक्का गर्दै २४ घण्टे स्पष्टीकरण माग

    917   पटक पढिएको

२४ पुस/ अर्थ र व्यापार  - नेपाल स्टक एक्सचेञ्जले सहारा विकास बैंक (SHBL) को शेयर कारोबार रोक्का गर्दै २४ घण्टे स्पष्टीकरण माग गरेको छ । बैंकले घोषणा गरेको लाभांश सम्बन्धीको निर्णय धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नभएको नेप्सेले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८९ लाख ७८ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजन सहित चार लाख ७२ हजार ५४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रकाशन गर्दा बैंकले सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नभएको, लाभांश दिन लागिएको सम्बन्धीत आर्थिक वर्ष तथा दाखिला बन्द मिति अनुपात तथा शेयर कित्ता वा रकम समेत नखुलाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
लाभांश वितरण गर्ने घोषणाको सूचना  समयमै  नेप्सेलाई जाकारी नगराएको भन्दै बैंकसंग नेप्सेले २४ घण्टे स्पष्टीकरण पनि माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।