logo

नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेप राख्ने

    1005   पटक पढिएको

२० कात्तिक / अर्थ र व्यापार

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा  एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ मुद्दती निक्षेपमा बचत राख्ने भएको छ ।

बैंकले आफ्नो विभिन्न कोषमा रहेका रकम आगामी मंसिर १ देखि एक वर्ष अर्थात ३६५ दिनको मुद्दती निक्षेपमा लगानी गन लागेको हो ।  बैंकले २०७७ कार्तिक ३० गतेसम्म त्रैमासिक रुपमा व्याज भुक्तान हुने गरी लगानी गर्ने जनाएको छ ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई एक अर्ब ३१ करोड १६ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २४ करोड ५९ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ८ करोड १९ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा दिने ब्याजदर समेत खुलाई कार्तिक २२ गते शुक्रबार अपराह्न १ बजेसम्म वित्त व्यवस्थापन विभागमा आइपुग्ने गरी आवेदन गर्न सक्नेछन् ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कूल कर्जाको पाँच प्रतिशत भन्दा कम भएको जस्ता शर्तहरु पूरा गरेको हुनुपर्नेछ ।

त्यसैगरी खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको अवस्थामा फुकुवा भएको छ महिना अवधि पूरा भएको र सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।