logo

नेपाल राष्ट्र बैंकको बैंकिङ नीति अनुरुप बैंकहरु मर्जरमा जान तयार

    1032   पटक पढिएको

१७ असार / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकको बैंकिङ नीति अनुरुप बैंकहरु मर्जरमा जान तयार भएका छन् । बैंकहरुको छाता संगठन बैंकर्स संघको मंगलबार बसेको बैठकले राष्ट्र बैंकको नीति अनुरुपनै मर्जरमा जाने निर्णय गरेको हो ।

संघले मर्जर सम्बन्धी दुई वटा महत्वपूर्ण निर्णय गर्दै बैंकहरुलाई मर्जरमा जान तयार हुन आग्रह गरेको छ । २८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरु उपस्थित बैठकले बैंकको संख्या घटाउने राष्ट्र बैंकको नीतिलाई समर्थन गर्दै बिहीबारसम्म सबै बैंकले मर्जर समिति गठन गरेर राष्ट्र बैंकलाई जानकारी गराउने निर्णय गरेको छ ।

यसबीचमा कुन बैंक र कसको कोसँग छलफल भइरहेको छ भन्ने जानकारी दिन समेत संघले सहमति गरेको छ । अब छिट्टै सहमति गरि बैंक मर्जरमा अघि बढ्ने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिएका छन् । यसै अबसरमा संघले तत्काललाई मर्जर समिति समेत बनाएको जनाएको छ ।
गत हप्ता राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक(सिईओ)लाई डाकी असार १९ गते सम्ममा ठोस निर्णय सहित पार्टनर खोजिसक्न निर्देशन दिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।