logo

आक्रामक व्यापार गर्दै नेपाल लाईफ, ६ महिनामै कुल बीमा शुल्क आर्जन १४ अर्ब माथि

    1090   पटक पढिएको

२८ माघ / अर्थ र व्यापार - नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १४ अर्ब ०७ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम पनि ३३ प्रतिशतले वृद्धि १३ अर्ब ९१ करोड पुगेको छ।

कम्पनीको जगेडा कोष ३० प्रतिशतले घटेर २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोष ३ अर्ब ७३ करोड रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने ३७ प्रतिशतले बढेर ७७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै महाविपत्ती कोषमा ४७ करोड ५७ लाख रुपैया रहेको छ। जीवन बीमा कम्पनीहरुमा जीवन बीमा कोषको ठुलो महत्तो हुन्छ।

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ३५ करोड ९ लाख खुद मुनाफा गरेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २४ पैसा छ । यद्यपि, जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा  र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

 कम्पनीले ३ अर्ब १९ करोड कुल दावी भुक्तानी गरेको छ भने ३ अर्ब १४ करोड खुद दावी भुक्तानी गरेको छ। त्यस्तै १ अर्ब २० करोड भुक्तानी हुन् बाँकी दावी रकम रहेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।