logo

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ९ प्रतिशतले घट्यो

    1082   पटक पढिएको

२९ बैशाख /अर्थ र व्यापार - नेपाल इन्भेष्टमेन्ट बैंकको तीन वटा ऋणका फाइलमा समस्या देखिएपछि बैंकले नोक्शानी ब्यवस्थापनको रकम बढाएको हो । बैंकले ९२ करोड ४० लाख रुपैयाँ नोक्शानी ब्यवस्थापन गरेको छ । बैंकको खराव कर्जा पनि ०.७६ प्रतिशतबाट ३.०४ प्रतिशत पुगेको छ ।  बैंकले चैत मसान्तसम्ममा दुई अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको यहि अवधिमा दुई अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो । व्याज आम्दानी १७ प्रतिशतले बढ्दा व्याज खर्च भने जम्मा १५ प्रतिशत बृद्धि भएको छ । खुद व्याज आम्दानी १९ प्रतिशतले बढेर ६ अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको छ । गत बर्षको यहि अवधिमा बैंकले ५ अर्ब ६० करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको थियो । 

निक्षेप संकलन ९ प्रतिशतले बढाउँदा ऋण लगानी भने ७ प्रतिशत मात्रै बृद्धि गरेको छ । बैंकले नौ महिनाको अवधिमा एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्षको यहि अवधिमा बैकले एक खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १८ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । बैंकको चुक्ता पूँजी १८ प्रतिशतले बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १२ अर्ब ४८ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको व्यवसाय बृद्धि हुँदै गर्दा पूँजीकोष अनुपात पनि १.२७ प्रतिशत विन्दुले घटेर ११.९७ प्रतिशतमा झरेको छ । आधार व्याजदर ०.५८ प्रतिशत विन्दुले घटेर ८.५४ प्रतिशतमा झरेको छ । ऋण लगानीसँगै निक्षेप बढ्दा कस्ट अफ फण्ड पनि ०.१३ प्रतिशत विन्दुले बढेर  ६.४८ प्रतिशत पुगेको छ । नाफा घटेसँगै बैंकको प्रति शेयर आम्दानी ८ रुपैयाँले घटेर २७ रुपैयाँमा झरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।