logo

अपेक्षाकृत सुधार नआए पनि नेपाल बैंकको नाफामा सामान्य सुधार

    735   पटक पढिएको

२० माघ /अर्थ र व्यापार - नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा अपेक्षा गरे अनुसार भने देखिएको छैन । बैंकको नाफा आर्जनका लागि सहयोग गर्ने इन्डिकेटरहरु खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आएपनि नाफामा भने सामान्य सुधार मात्र देखिएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोहि अवधिमा १.४० प्रतिशलते बढाएर १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकको नाफामा सामान्य सुधार आएपनि वितरण योग्य नाफा भने गिरावट आएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ रहेको बैंकको चालु आवको सोहि अवधिमा १ अर्ब ५७ करोड ६८ लाख ७५ हजार रुपैयाँ मात्रै रहेको छ । गत आवको दोस्रो त्रैमासमा २ अर्ब ९४ करोड ३ लाख २९ हजार खुद ब्याज आम्दानी रहेको बैंकको चालु आवको सोहि अवधिमा ७.७२ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ७२ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

गत आवको दोस्रो त्रैमासमा १ अर्ब ८३ करोड २४ लाख ४७ रुपैयाँ रहेकोमा चालु आवको सोहि अवधिमा २६.१९ प्रतिशतले बढेर २ अर्ब ३१ करोड २४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ६५ करोड १४ हजार रुपैयाँ रहेको छ । १ खर्ब ५ अर्ब ६७ करोड ८२ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको रिपोर्टमा उल्लेख छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकको खराब कर्जा ३.२३ प्रतिशतबाट घटेर २.७४ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ३०० रुपैयाँ २८ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।