logo

नेपाल बैंक र कुमारी बैंकको बार्षिक साधारणसभाको वैशाख २२ र २६ गते हुने

    1016   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार - नेपाल बैंकले वैशाख २२ गते ५९औं वार्षिक साधारणसभा डाकेको छ । नेपाल बैंकले साधारणसभाबाट दुई जना सर्वसाधारण समुहका सञ्चालक चयन गर्ने छ । साधारणसभा प्रयोजनका लागि बैंकले वैशाख ९ गते एक दिन बुकक्लोज गर्ने भएको छ । 

त्यसैगरि कुमारी बैंकले वैशाख २६ गते बार्षिक साधारणसभा डाकेको छ । बैंकको सञ्चालक समितिले अघिल्लो आर्थिक बर्ष २०७३र७४ को नाफाबाट १२.७५ प्रतिशत बोनस शेयर र गत आर्थिक वर्ष २०७४र७४ को नाफाबाट ८.५ प्रतिशत सहित जम्मा २१.१५ प्रतिशत बोनस शेयरको लागि प्रस्ताव गरेको छ । 

बैंकले दुई आर्थिक बर्षको नाफाबाट एक अर्ब ५२ करोड रुपैयाँ बोनस शेयर प्रदान गरेसँगै नेपाल राष्ट्र बैंकले निर्देशन गरेको ८ अर्ब पूँजी जुटाउने छ । बैंकको हालको चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँमा बोनस शेयर दिए पश्चात चुक्ता पूँजी ८ अर्ब ६८ रुपैयाँ कायम हुनेछ । 

बैंकले साधारणभाबाट दुई जना संस्थापकतर्फको सञ्चाल र दुई जना सर्वसाधारण समुहका सञ्चालकको निर्वाचन गर्ने भएको छ । साधारणसभा प्रयोजनको लागि वैशाख ६ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । वैशाख ५ गतेसम्म कायम शेयरधनीहरुले २१.१५ प्रतिशत बोनस शेयर पाउने छन् ।  

साधारणसभामा शेयर ब्रोकर सेवा प्रदान गर्नको लागि सहायक कम्पनी खोल्ने प्रस्ताव अगाडि सारेको छ । यसको लागि बैंकले प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव साधारणसभा प्रस्तुत गर्नेछ । त्यस्तै अन्य बैंकसँग गाभिने वा गाभ्नेको लागि मर्जन समिति गठन गर्न विशेष प्रस्ताव अगाडि सारेको छ । मर्जरको प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभामा लग्ने भएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।